नयाँ आइजीपीलाई गृहमन्त्रीले नै लगाइदिए दर्ज्यानी चिह्न, दानबहादुर अनुपस्थित
nepalpress.com · Wed Nov 04 12:27:07 UTC 2026

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई गृहमन्त्री सुदन गुरुङले नै दर्ज्यानी चिह्न लगाइदिएका छन् । यससँगै नेपाल प्रहरीमा लामो समयदेखि चल्दै आएको गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिने अभ्यासमा परिवर्तन भएको छ ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर डा। केसीलाई प्रहरी नेतृत्व सुम्पने निर्णय गरेको थियो । सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)