मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल हेर्न जाने खेलाडीलाई सहज प्रवेशको व्यवस्था मिलाउन खेलाडी संघको माग

kendrabindu.com · Wed Nov 04 12:31:29 UTC 2026

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न जाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सहज र सम्मानजनक प्रवेशको व्यवस्था मिलाउन नेपाल क्रिकेट संघ (क्यान) समक्ष माग गरेको छ ।

संघले राष्ट्रिय खेलकुद परिषदबाट जारी प्लेटिनियम, गोल्ड र सिल्भर परिचयपत्रका आधारमा खेलाडीलाई सुरक्षित रूपमा खेल अवलोकन गर्न सक्ने व्यवस्था मिलाउन क्यानलाई आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)