मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहसचिव होइन, गृहमन्त्री आफैले लगाइदिए नवनियुत्त आईजीपीलाई दर्ज्यानी चिन्ह

corporatenepal.com · Wed Nov 04 12:29:09 UTC 2026

काठमाडौं । नवनियुत्त आईजीपी डा. मनोज केसीलाई गृहमन्त्री सुदन गुरुङ आफैले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । विगतमा गृहसचिवले यस्तो चिन्ह प्रदान गर्ने गरेकोमा यस पटक भने मन्त्री आफैले प्रदान गरेका हुन् ।

बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरे । आजै आकस्मिकरुपमा बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा दानबहादुर कार्कीलाई हटाएर केसीलाई नियुक्त गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)