देउवा कांग्रेस खोटाङको अधिवेशनबाट सभापतिमा रोजन राई निर्विरोध
ratopati.com · Wed Nov 04 12:33:51 UTC 2026

खोटाङ । नेपाली कांग्रेस देउवा पक्षको खोटाङको जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको सभापति पदमा रोजन राई निर्विरोध निर्वाचित भएका छन् । पार्टीभित्रको आन्तरिक सहमति र समन्वयका आधारमा राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको कांग्रेस नेता भूपेन्द्र राईले जानकारी दिए ।
जिल्ला अधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय कार्यसमितितर्फ पनि नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। जसअनुसार प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ को क्षेत्रीय सभापतिमा उद्धव राई र प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ को क्षेत्रीय सभापतिमा सुनिलचन्द्र राई निर्वाचित भएका छन् । दुवै क्षेत्रमा पदाधिकारी तथा सदस्यहरू समेत चयन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)