विश्वप्रकाशको प्रश्न– के तथ्य मेटाउन प्रहरीले कब्जा गरेको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारकहाँ पुग्यो?
annapurnapost.com · Wed Nov 04 12:32:21 UTC 2026

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विचौलिया भनिएका इनम सापकोटाको प्रहरीले नियन्त्रणमा लिएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनकहाँ कसरी पुग्यो भन्दै प्रश्न गरेका छन्। अनुसन्धानका क्रममा प्रहरीले कब्जामा लिएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको हातमा पुग्नु र त्यसबाट के तथ्य मेटाउन खोजिएको हो भन्ने विषय गम्भीर रहेको उनको भनाइ छ।
कांग्रेसमाथि आर्थिक कारोबारको आरोप लगाउँदै सार्वजनिक गरिएको इनम सापकोटाको अडियो प्रकरण नियोजित रहेको शर्माले स्पष्ट पारे। उनले आफूहरूमाथि लगाइएका आरोप, तथाकथित अडियो बयान र त्यससँग सम्बन्धित प्रचार निराधार, कपोलकल्पित र नियोजित भएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)