काँग्रेस भन्छ– सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ
corporatenepal.com · Wed Nov 04 12:39:36 UTC 2026

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो गतिविधि, प्रेस स्वतन्त्रता, राजनीतिक मर्यादा र विभिन्न विवादित घटनाक्रममाथि प्रश्न उठाउँदै सञ्चारमाध्यमलाई त्रासमा राख्ने वा पत्रकारलाई ह्यारेस गर्ने काम स्वीकार्य नहुने बताएका छन् ।
पार्टी विभाजनपछि आफ्नो समूहलाई वैधानिकता दिलाउने क्रममा निर्वाचन आयोग र अदालतमा सेटिङ मिलाउन १८ करोड रुपियाँ घुस लेनदेन भएको गम्भीर आरोपपछि प्रष्टीकरण दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा शर्माले भने, ‘कुनै देशमा लोकतन्त्र छ कि छैन भन्ने कुरा प्रेस स्वतन्त्रता कति छ भन्नेमा निर्धारण हुन्छ। लोकतन्त्रमा मिडियालाई ह्यारेस गरियो भने त्यो लोकतन्त्र रहँदैन।’
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)