मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नोभेम्बर ५ र ६ मा २४ घण्टे स्टार्टअप ह्याकाथन हुने

baahrakhari.com · Wed Nov 04 12:51:28 UTC 2026

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा नोभेम्बर ५ र ६ मा २४ घण्टे स्टार्टअप ह्याकाथन आयोजना हुने भएको छ। काठमाडौं वर्ल्ड स्कुलमा हुने कार्यक्रममा नवीन व्यावसायिक अवधारणा र सम्भावनायुक्त स्टार्टअप पहिचान गरी तिनलाइ उद्यमसँग जाेड्ने अवसर प्रदान गरिने जनाइएकाे छ।

ह्याकाथनमा सहभागी टोलीले सीमित समयभित्र आफ्ना व्यावसायिक अवधारणालाई परिष्कृत गरी समाधानको सम्भाव्यता, व्यवसायिक मोडेल, बजारको आवश्यकता र विस्तार योजनासहित निर्णायकमण्डलसमक्ष प्रस्तुत गर्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)