लमजुङमा विद्युत् उत्पादन बढ्यो
barnanmedia.com · Thu Jun 25 00:10:50 GMT 2026

जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्पादनमा कमी आइरहेको यहाँका विभिन्न आयोजनामा बर्खा लागेसँगै नदीनालामा पानीको बहाव बढ्न थालेपछि विद्युत् उत्पादन बढ्न थालेको हो ।
बेँसीसहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रमा पनि विद्युत् उत्पादन बढेको छ । केन्द्रका आयोजना प्रमुख तारादत्त भट्टले भन्नुभयो, “मस्र्याङ्दी नदीमा आयोजनाका लागि पानी पर्याप्त नहुँदा हिउँदमा बिजुली उत्पादन कमी भइरहेको थियो । पानी पर्याप्त हुन थालेपछि करिब १५ दिन अघिदेखि पूरै क्षमतामा बिजुली उत्पादन भइरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)