तिहारलाई विद्युत् अवरोध नहुने गरी व्यवस्था मिलाउन मन्त्री श्रेष्ठको निर्देशन
nagariknews.nagariknetwork.com · Wed Nov 04 13:14:15 UTC 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
मन्त्री श्रेष्ठले बुधबार प्राधिकरण सञ्चाल समितिको बैठक अघि कार्यकारी निर्देशक तथा उच्च कर्मचारीहरुलाई तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन चाडपर्वको समयमा हुने विद्युत् माग र आपूर्तिको पूर्वानुमान तथा विश्लेषण गरी आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)