मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांसद आशिकाले थर्काइन् थाक्रेका वडाध्यक्ष

ratopati.com · Wed Nov 04 13:32:37 UTC 2026

काठमाडौँ । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आशिका तामाङले थाक्रे वडा नम्बर ३ का वडाध्यक्ष विजय तामाङमाथि अभद्र व्यवहार गरेकी छन् ।

बुधबार स्थानीय बाटो अनुगमनको क्रममा वडा कार्यालय पुगेकी सांसद आशिकाले वडा कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर नराखेको, बाटो सफा नगरेको विषयमा वडाध्यक्ष विजयमाथि अभद्र व्यवहार गरेकी हुन् । सांसद आशिका र वडाध्यक्ष विजयबिच चर्काचर्की भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । क्यामरा लिएर गएकी आशिकाले कार्यलयभित्र प्रवेश गर्ने बित्तिकै बाटो किन सफा नगरेको भनेर थर्काएको सुनिन्छ । जवाफमा वडाध्यक्ष विजयले आफ्नै नेतृत्वमा बाटो सफा गरेको भनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)