मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश प्रमुख पर्शुराम खापुङको पाँच वर्षे बेदाग यात्रा

ratopati.com · Wed Nov 04 13:30:32 UTC 2026

विराटनगर । तीव्र राजनीतिक खिचातानी र अस्थिरताको केन्द्र बनेको कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले भने लगातार अभिभावकीय गरिमा, संवैधानिक निष्पक्षता र शालीनताको उच्च नमुना प्रस्तुत गरे । उनै खापुङको कार्यकाल आगामी २४ गते सकिँदैन।

तत्कालीन नेकपाको आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक (वि.सं. २०७७ र २०७८ मा) संसद् विघटन गरे । त्यसपछि राजनीतिक दलहरूबिच तीव्र ध्रुवीकरण भई विपक्षी गठबन्धन निर्माण भएको थियो । सोही ध्रुवीकरण र सर्वोच्च अदालतको परमादेशको परिणामस्वरूप, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०७८ असारमा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भए । उनै देउवा नेतृत्वको सरकारले २०७८ साल कात्तिक २५ गते खापुङलाई नियुक्त गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)