मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन नेपाल टेलिकमको आग्रह

kendrabindu.com · Wed Nov 04 13:38:21 UTC 2026

कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा कम्पनीको खरिद प्रक्रियासम्बन्धी भ्रमपूर्ण तथा अपुष्ट समाचारहरू प्रकाशन तथा प्रसारण भइरहेकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेपाल टेलिकम कम्पनी ऐन, २०६३ अनुसार स्थापना भएको र दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र प्राप्त गरी देशभर गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको संस्था हो । कम्पनीले आफ्नो ऐतिहासिक पृष्ठभूमि, स्थापित प्रतिष्ठा, जनविश्वास तथा आमग्राहकको भरोसालाई सम्पत्तिका रूपमा लिएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)