सिक्किमको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ
nepalpress.com · Wed Nov 04 13:42:22 UTC 2026

काठमाडौं । भव्य उपस्थिति र उत्साही दर्शकबीच भएको नेपथ्य कन्सर्टलाई गान्तोकका बासिन्दाले ‘ऐतिहासिक’ संज्ञा दिएका छन् । ‘यति विशाल जमघट सिक्किममा आजसम्मै देखिएको थिएन,’ गान्तोकका उत्तम लेप्चाले फेसबुकमा लेखेका छन्, ‘नेपाली सङ्गीत मन पराउने सबैका निम्ति नेपथ्य कन्सर्ट ऐतिहासिक क्षण बन्न पुगेको छ ।’
राज्यकै मुख्य रङ्गशालामा अरू बेला प्यारापिटभरि बसेर मैदानमा खेल हेर्ने गरेका दर्शक आइतबार राति भने नेपथ्यको लोकरकसँग झुमे । भित्र प्रस्तुति भइरहँदा बाहिर ढोकाहरूमा प्रवेशका निम्ति प्रयासरत दर्शकको उत्तिकै भीड थियो। त्यस भेगमै सवारी आवागमन बन्द गरेर मात्र नपुगेपछि भीड नियन्त्रणका लागि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)