तिहार र छठमा विद्युत् आपूर्ति अवरोधरहित बनाउन मन्त्रीको निर्देशन
kendrabindu.com · Wed Nov 04 14:01:13 UTC 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार र छठ पर्वका बेला विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।
बुधबार प्राधिकरण सञ्चालक समितिको बैठकअघि कार्यकारी निर्देशक तथा उच्च अधिकारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले चाडपर्वमा विद्युत्को सम्भावित माग र आपूर्तिको अवस्था विश्लेषण गरी आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)