सङ्खुवासभा गोल्डकप फुटबल : काठमाडौँलाई हराउँदै सुनसरी फाइनलमा
khabarhub.com · Wed Nov 04 14:02:37 UTC 2026
सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सञ्चालन भइरहेको सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा सुनसरीको न्यू स्टार क्लब फाइनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा प्लानिङ ब्वाइजलाई ट्राइबेकरमा ६–५ गोल अन्तरले पराजित गर्दै न्यू स्टारले उपाधि यात्रालाई अघि बढाएको हो । महेन्द्र माविको खेलमैदानमा भएको उक्त खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)