मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिचौलियाको त्रिकोणमा फस्दै नेपालको राजनीति

nepalpress.com · Wed Nov 04 14:11:11 UTC 2026

पुराना राजनीतिक दल र तिनका नेतृत्वलाई भ्रष्टाचार, कुशासन, नातावाद, कृपावाद र बिचौलियाको संरक्षण गरेको आरोप लगाउँदै नयाँ राजनीतिक शक्तिले जनतासामु परिवर्तनको ठूलो सपना बाँडेको थियो । जनताले पनि पुरानो राजनीतिक अभ्यासबाट मुक्ति, निष्पक्ष राज्य संयन्त्र र सुशासनको अपेक्षासहित नयाँ नेतृत्वलाई अभूतपूर्व विश्वास सुम्पिए । तर सत्तामा पुगेपछि देखिएका घटनाक्रमले नयाँ प्रश्न जन्माएका छन् के नेपालमा बिचौलियाको अन्त्य हुँदै छ कि पुरानाको ठाउँमा नयाँ राजनीतिक आवरणका बिचौलिया जन्मिँदै छन् ? अझ गम्भीर कुरा, नयाँ बिचौलिया निर्माण गर्ने वातावरण कतै सरकार आफैँले त बनाइरहेको छैन ?

इनम सापकोटा प्रकरणले यही प्रश्नलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ । उनी वास्तवमै प्रहरी, न्यायालय र राजनीतिक नेतृत्वसम्म पहुँच राख्ने शक्तिशाली बिचौलिया हुन् भने उनको पहुँचको स्रोत र संरक्षण गर्नेहरू को हुन् ? कसरी एउटा व्यक्तिले राज्यका उच्च तहसम्म आफ्नो प्रभाव रहेको दाबी गर्नसक्ने अवस्था बन्यो ?

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)