मुख्य सामग्रीमा जानुहोस्

समाचार

Tourism

अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्यटक सूचना केन्द्र स्थापना

gorkhapatraonline.com · Wed Nov 04 13:00:24 UTC 2026

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मौरिस हर्जोग पदमार्गको प्रवेशद्वार बाँस्कोटमा अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने आरोही तथा पदयात्रीलाई लक्षित गरी पर्यटक सूचना केन्द्र तथा चेकपोष्ट स्थापना गरिएको छ । सूचना केन्द्रबाट पर्यटकको तथ्याङ्क सङ्कलन, पदमार्ग तथा आधार शिविरबारे जानकारी र पदयात्राका क्रममा आवश्यक सहजीकरण गरिनेछ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणमा जाने आरोही तथा पदयात्रीको सुविधाका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समितिको पहलमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)