मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

हरिवंश अभिनीत ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयको निर्देशन

baahrakhari.com · Wed Nov 04 14:38:00 UTC 2026

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृहमन्त्रालयले निर्देशन दिएको छ । गृह सचिवले सञ्चार सचिवलाई ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न निर्देशन दिएको चलचित्र निर्माण टिमले बताएको छ ।

“गृहसचिवले सञ्चार सचिवलाई फोन गरेर ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न निर्देशन दिएको हामीलाई खबर आएको छ,” ‘पाँच पाण्डव’का निर्देशक वसन्त निरौलाले बाह्रखरीसँग भने, “सञ्चार मन्त्रालयले हामीलाई फोन गरेर प्रदर्शन रोक्न निर्देशन जारी गरिएको पत्र बन्दै छ, लिन आउनु भनेको छ । हामी पत्र लिन जाने तयारीमा छौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)