चाडपर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन मन्त्री श्रेष्ठको निर्देशन
kathmandupati.com · Wed Nov 04 15:38:43 UTC 2026

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध रुपमा सुनिश्चित गर्न निर्देशन दिएका छन् । त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न समेत उनले मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
मन्त्री श्रेष्ठले आज प्राधिकरण सञ्चाल समितिको बैठक अघि कार्यकारी निर्देशक तथा कर्मचारीहरुलाई तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन चाडपर्वको समयमा हुने विद्युत् माग र आपूर्तिको पूर्वानुमान तथा विश्लेषण गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)