मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बीमा प्राधिकरणको अध्यक्षमा थापा, निक्षेप तथा कर्जा सुरक्षणमा भण्डारी, नेप्सेमा सुवेदी नियुक्त

barnanmedia.com · Wed Nov 04 15:41:28 UTC 2026

सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनबिक्रम थापालाई नियुक्त गरेको छ । त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पिताम्बर भण्डारी र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को सीईओमा प्रताप सुवेदी नियुक्त गरेको छ ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिहरुको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो । हिजो नै नियुक्त गरेको भनिए पनि नियुक्त भएकाहरुको नाम भने गोप्य राखिएको थियो । आज बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)