मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

khabarhub.com · Wed Nov 04 15:42:12 UTC 2026

ललितपुर – नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक संस्थाको स्वायत्तता कायम राख्दै सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताका आधारमा अघि बढ्न आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट धारणा सार्वजनिक गर्दै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारकर्मीलाई प्रतिपक्षका विषयमा मात्र नभई सत्तापक्षका गतिविधि र सरकारका निर्णयमाथि पनि निर्भीकतापूर्वक प्रश्न उठाउन आग्रह गरे । उनले लोकतन्त्रको अवस्था मापन गर्ने महत्वपूर्ण आधार स्वतन्त्र प्रेस रहेको उल्लेख गर्दै पत्रकार स्वयं असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)