मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनियुक्त महानिरीक्षक केसी भन्छन् - नागरिकले प्रहरीसँग भरोसा गरुन् 

hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा आज प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट शुशोभित भएपछि संक्षिप्त सम्बोधन गर्दै उनले संविधान र कानुनप्रति अविचलित रहिरहने प्रण व्यक्त गरे ।

प्रहरी सङ्गठनको मर्यादा र निश्पक्षतामा आफूले कुनै सम्झौता नगर्ने उद्घोष गर्दै महानिरीक्षक केसीले जनतासँगको सम्बन्धलाई प्रहरी सङ्गठनको महत्त्वपूर्ण पूँजीमा रूपमा औँल्याए । “आजैदेखि हामी सबै मिलेर कर्तव्यबाट सेवा प्रवाहसम्मको यात्रा शुरू गरौँ, जहाँ नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरुन्, प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्”, उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)