नेपाल प्रत्यायन केन्द्र स्थापना
ratopati.com · Wed Nov 04 16:17:45 UTC 2026

काठमाडौँ। सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका लागि नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ। त्रिपुरेश्वरस्थित केन्द्रको बुधबार एक कार्यक्रमकाबिच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपककुमार साहले उद्घाटन गरे।
उनले उद्योगको लागत घटाउने, उपभोक्ताको विश्वास बढाउने र नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने दिशामा यस केन्द्रको सञ्चालन कोशेढुङ्गा सावित हुनेमा विश्वास व्यक्त गरे। नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने, उपभोक्ताले गुणस्तरीय र सुरक्षित वस्तु तथा सेवा प्राप्त गर्ने सुनिश्चितता बढाउने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)