बैतडीमा जिप दुर्घटनाः एक महिलाको घटनास्थलमै मृत्यु, ६ जना घाइते
gorkhapatraonline.com · Wed Nov 04 16:36:07 UTC 2026

पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत बैतडीको मेलौलीमा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुरज सिंहका अनुसार, डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र.०१–०११ज १३६८ नम्बरको जिप बुधबार बेलुका ८ः बजेतिर मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)