मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले आवश्यकता ठानेर आईजीपी हेरफेर गरेको हो : मुख्य सचेतक बुर्लाकोटी

annapurnapost.com · Wed Nov 04 16:05:42 UTC 2026

गोरखा : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता तथा संसदीय दलका प्रमुख सेचतक कबिन्द्र बुर्लाकोटीले सरकारले आवश्यकता ठानेर प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरेको बताएका छन्। बुधबार गृहजिल्ला गोरखाका पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै नेता बुर्लाकोटीले यसमा पार्टीको कुनै सुझाव वा राय नरहेको प्रतिक्रिया दिए।

‘पछिल्लो केही दिनयता विकसित विभिन्न घटनाक्रमको विश्लेषण गरी सरकारले आवश्यकताका आधारमा उक्त निर्णय लिएको हो’, उनले भने, ‘सरकारको यो निर्णय पार्टीको भन्दा पनि सरकारको हो। सञ्चारगृहमा समाचार कक्षमा प्रहरी प्रवेश गरेको विषय पनि थियो। विचौलियाहरूसँगको संलग्नताको विषय पनि हुनसक्छ । यी सबैलाई विश्लेषण गरी आज जिम्मेवारी हेरफेर गरिएको हो।’ निर्णय लिनका लागि सरकारसँग समय अभावका कारण पार्टीसित छलफल नगरिएको हुनसक्ने उनको तर्क छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)