परिषद्विरुद्ध मुद्दा दिनेलाई नै सदस्य सिफारिस गरिएको भन्दै आपत्ति
baahrakhari.com · Wed Nov 04 16:41:37 UTC 2026

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने व्यक्तिलाई नै परिषद्को सदस्यमा सिफारिस गरिएको भन्दै डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले आपत्ति जनाएको छ ।
एसोसिएसनले परिषद्का अध्यक्ष सगुन पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै परिषद्विरुद्ध मुद्दा दायर गर्ने व्यक्तिलाई नै परिषद्मा प्रतिनिधित्व गराउँदा प्रत्यक्ष स्वार्थको द्वन्द्व उत्पन्न हुने जनाएको छ । यस्तो निर्णयले परिषद्को निष्पक्षता र संस्थागत विश्वसनीयतामाथि प्रश्न उठ्ने भन्दै नियुक्ति तथा निर्णय प्रक्रियामा पुनरावलोकन गर्न माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)