इटहरीमा नेपथ्यको ऐतिहासिक कन्सर्ट सम्पन्न : १० हजारभन्दा बढी दर्शक झुमे (तस्बिरहरू)
ratopati.com · Wed Nov 04 17:43:06 UTC 2026

इटहरी । नेपाली साङ्गीतिक क्षेत्रको लोकप्रिय लोक–रक ब्यान्ड नेपथ्यले इटहरीमा पहिलो पटक भव्य साङ्गीतिक प्रस्तुति दिएको छ । इटहरी रङ्गशालामा मंगलबार सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’ मा १० हजारभन्दा बढी दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो ।
पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजना तथा इटहरी उपमहानगरपालिकाको प्रवर्द्धनमा आयोजित उक्त कन्सर्टमा सहभागी हुन पूर्वी नेपालका विभिन्न जिल्लाबाट उल्लेख्य सङ्ख्यामा सङ्गीत प्रेमीहरू इटहरी आइपुगेका थिए । करिब १० हजार दर्शक क्षमताको व्यवस्थापनसहित तयारी गरिएको रङ्गशालामा अपेक्षाभन्दा बढी दर्शक उपस्थित भएको आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)