हलिउड सङ्गीतकार ह्यान्स जिमरले ६-७ वटा स्लाइड हेर्दैमा स्वीकारेका थिए ‘रामायण’ को प्रस्ताव
kalakarmi.com · Wed Nov 04 17:47:15 UTC 2026

मुम्बई- ह्यान्स जिमर हलिउडका सबैभन्दा प्रसिद्ध, सफल र प्रतिष्ठित सङ्गीतकार तथा फिल्म स्कोर कम्पोजर हुन् । उनले आफ्नो सांगीतिक जीवनमा ‘द लायन किङ’ र ‘ड्युन’ का लागि अस्कर लगायत धेरै प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारहरू जितेका छन् ।
इन्सेप्सन, द डार्क नाइट, ग्लाडिएटर, इन्स्टेलर र ड्युन जस्ता विश्व चर्चित हलिउड फिल्महरूमा आफ्नो उत्कृष्ट सांगीतिक धुनमार्फत उनले सिनेजगत्मा तहल्का मच्चाएका छन् । आधुनिक सिनेमाको सांगीतिक विधामा उनलाई एक युगपुरुषका रूपमा हेरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)