मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

ratopati.com · Wed Nov 04 17:57:57 UTC 2026

काठमाडौँ । ग्रिनल्याण्डको संसद्ले अमेरिका र डेनमार्कसँग भएको सुरक्षा सम्झौता अनुमोदन गरेको छ । रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक क्षेत्रस्थित यस टापुमा सुरक्षा सहकार्य विस्तार गर्ने र अमेरिकी सैन्य उपस्थिति बढाउने उद्देश्यले गरिएको सम्झौतालाई संसदीय समर्थन प्राप्त भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सन र ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले गत सेप्टेम्बर २२ मा हस्ताक्षर गरेको सम्झौतामा टापुमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने व्यवस्था छ । साथै, सम्झौताले ग्रिनल्याण्डमाथि डेनमार्कको सार्वभौमिकता र त्यहाँका जनताको आत्मनिर्णयको अधिकारलाई समेत पुनः पुष्टि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)