बिर्तामोडमा आगलागी, ६ करोडको क्षति
gorkhapatraonline.com · Wed Nov 04 17:51:39 UTC 2026

झापाको बिर्तामोडमा भएको आगलागीबाट करिब ६ करोड बराबरको भौतिक क्षति भएको छ ।
बुधवार बिहान १०ः४० बजे बिर्तामोड ४ स्थित राजेश मण्डलको दुई तले घरबाट आगो सल्किएको थियो । राजेश मण्डलको दुईतले पक्की घरमा सागर घोषले सञ्चालन गरेको शुभलाभ इलेक्ट्रोनिक्स पसलको गोदाममा अचानक विद्युत् सर्ट भई आगलागी हुँदा उक्त गोदाममा रहेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरु पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)