सख्खरको उचित भाउ पाउने आसमा उखु पेल्दै किसान
gorkhapatraonline.com · Wed Nov 04 18:01:54 UTC 2026

दीपावली र छठ पर्व नजिकिएका छन् । यी दुवै पर्व मिष्टान्न परिकार बनाइने/खाइने पर्व हुन् । पर्वको यो परम्परा बुझेका महोत्तरीसहितका मिथिला क्षेत्रका उखु खेती गर्ने किसान अहिले धमाधम उखु पेलेर मिठ्ठा (सख्खर) पकाउन व्यस्त छन् ।
मिथिलामा खेतीकिसानी व्यवसायमा कात्तिकलाई ‘तेर्हौँ मास’ भनिन्छ । कात्तिक आम्दानी कम र खर्च बढी हुने बेला हुँदा यसलाई किसानी भाषामा पूर्वजले ‘तेर्हौँ मास’ भनेका भङ्गाहा–४ रामनगरका ६० वर्षीय गङ्गाराम महतो बताउनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)