मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालोपत्रे उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने

ratopati.com · Wed Nov 04 18:22:48 UTC 2026

खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्रे उप्किएर जीर्ण बनेको १६ वर्षपछि मर्मत हुने भएको छ । सडक मर्मतका लागि रु सात करोड २१ लाखको लागतमा ठेक्का सम्झौता भएको छ ।

दूधकोशीस्थित जयरामघाटदेखि त्रिधार्मिकस्थल हलेसीसम्मको ३५ किलोमिटर सडक विसं २०६७ मा ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको थियो । कालोपत्रे गरिएको केही वर्षमै उप्किएर सडकमा खाल्डाखुल्डी बनेपछि यस मार्गमा यात्रा जोखिमपूर्ण बन्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)