मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी मध्यावधि निर्वाचनले क्यानडामा व्यापार शुल्क घट्ने आशा

annapurnapost.com · Wed Nov 04 18:33:23 UTC 2026

काठ्माण्डौँ : अमेरिकी मध्यावधि निर्वाचनको नतिजालाई भन्सार शुल्कमा राहत खोजिरहेका क्यानडेली नागरिकले ‘विजय’ का रूपमा लिएका छन् । अमेरिकी मतदाताले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिप्रति असन्तुष्टि देखाउँदै डेमोक्र्याटलाई जिताएपछि क्यानडाले अमेरिकासँगको व्यापार वार्तामा अनुकूल वातावरण बन्ने अपेक्षा गरेको छ ।

क्यानडाको ओन्टारियो प्रान्तका मुख्यमन्त्री डग फोर्डले निर्वाचन परिणामलाई ‘क्यानडाको विजय’ भन्दै खुसी व्यक्त गरेका छन् । उनले ट्रम्प प्रशासनले लगाएको भन्सार शुल्कप्रति अमेरिकी जनताले असन्तुष्टि जनाएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)