मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रदेशस्तरीय कराते छनोटमा मकवानपुरका खेलाडीको वर्चस्व

ratopati.com · Wed Nov 04 19:15:00 UTC 2026

मकवानपुर । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरूप हेटौँडामा आयोजित बागमती प्रदेशस्तरीय ‘फुलकन्ट्याक्ट कराते’ छनोट प्रतियोगितामा मकवानपुरका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

प्रतियोगिताबाट छनोट भएका १४ खेलाडीमध्ये मकवानपुरका ६ खेलाडीले विभिन्न तौल समूह तथा कातामा स्थान सुरक्षित गरेका छन् । बागमती प्रदेशका १३ जिल्लाका ७५ खेलाडी सहभागी प्रतियोगितामा महिला र पुरुषतर्फ विभिन्न तौल समूह तथा काताका खेलाडी छनोट गरिएको प्रदेशस्तरीय प्रतियोगितामा संयोजन गर्नुभएका बागमती प्रदेश खेलकुद परिषद्का सदस्य गोविन्दलाल श्रेष्ठले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)