मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कोशी प्रदेशस्तरीय प्रथम गोदावरी प्रदर्शन मेला सुरु

barnanmedia.com · Wed Nov 04 22:07:35 UTC 2026

पुष्पखेती तथा व्यवसायको प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र व्यावसायिक सम्भावना उजागर गर्ने उद्देश्यले ‘कोशी प्रदेशस्तरीय प्रथम गोदावरी प्रदर्शन मेला–२०८३’ यहाँ सुरु भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा फ्लोरिकल्चर एसोसिएसन नेपाल इलामले मेला आयोजना गरेको हो ।

मेलाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य रामबहादुर मगरले इलाममा पुष्प व्यवसायको प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमा यस्ता कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । मेला यही कात्तिक २१ गतेसम्म सञ्चालन हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल इलामका अध्यक्ष रञ्जिता याख्खाले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)