दुई पटक पछि परेको स्थिति उल्टाउँदै फेनरबाचे विजयी, लिभरपुल ३–२ ले पराजित
ratopati.com · Wed Nov 04 22:44:43 UTC 2026
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा टर्किस क्लब फेनरबाचेले इंग्लिस क्लब लिभरपुललाई ३–२ गोल अन्तरले स्तब्ध पारेको छ । दुई पटक पछि परेको स्थिति उल्टाउँदै घरेलु टोली फेनरबाचेले रोमाञ्चक पुनरागमन जित दर्ता गरेको हो ।
खेलमा सुरुवाती अग्रता भने लिभरपुलले लिएको थियो । २५औँ मिनेटमा ट्रे न्योनीले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । तर त्यसको चार मिनेटपछि नै २९औँ मिनेटमा मेसन ग्रिनउडले गोल फर्काउँदै फेनरबाचेलाई १–१ को बराबरीमा ल्याए। पहिलो हाफ बराबरीमै सकियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)