स्लाभिया प्रागलाई पराजित गर्दै आर्सनल तेस्रो स्थानमा उक्लियो
ratopati.com · Wed Nov 04 22:48:24 UTC 2026
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा इङ्लिस क्लब आर्सनलले स्लाभिया प्रागलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफमै बनाएको दुई गोलको अग्रता जोगाउँदै आर्सनलले महत्त्वपूर्ण अवे जित हात पारेको हो ।
खेलको सुरुवातदेखि नै दबाब बनाएको आर्सनलका लागि नवौँ मिनेटमै नोनी माडुएकेले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। त्यसपछि ३८औँ मिनेटमा भिक्टर ग्योकेरेसले गोल थप्दै पहिलो हाफमै भ्रमणकारी टोलीको अग्रता २–० बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)