मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

ratopati.com · Wed Nov 04 23:10:24 UTC 2026

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मौरिस हर्जोग पदमार्गको प्रवेशद्वार बाँस्कोटमा पर्यटक सूचना केन्द्र तथा चेकपोष्ट स्थापना गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समितिको पहलमा स्थापना गरिएको केन्द्रबाट आधार शिविर जाने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क सङ्कलन, अभिलेख राख्ने, पदमार्ग तथा आधार शिविरबारे जानकारी र पदयात्राका क्रममा आवश्यक सहजीकरण गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)