मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माईखोलाको बगरमा बदामखेती

barnanmedia.com · Wed Nov 04 23:30:36 UTC 2026

सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो । बगर बनेको खेत हेर्दै के गर्ने होला भन्ने चिन्तामा पर्नुभएका अग्रवालले एउटा जुक्ति निकाल्नुभयो – केही नयाँ खेती गर्ने । निराशालाई आशामा बदल्दै त्यही सुरु भयो बदामखेती ।

बगर खेतमा अहिले २० क्विन्टल बदाम फलेपछि अग्रवाल उत्साही हुनुभएको छ । बजारमा उहाँले फलाएको बदाम प्रतिकेजी रु १०४ का दरले बिक्री भइरहेको छ । “धान फल्ने खेत बालुवाको बगर बनेपछि दुःख लाग्नु स्वाभाविकै थियो,” उहाँले बदामखेतीको सङ्घर्षको कथा सुनाउँदै भन्नुभयो, “बाढीको कहरबाट म स्तब्ध भएँ, तर बिचलित भइनँ । कुन खेती गर्न सकिन्छ भनेर सोधीखोजी गर्न थाले । बदाम फल्छ भन्ने थाहा पाएपछि म उत्साहका साथ नयाँ खेतीमा जुटेँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)