तीन दशकदेखि व्यावसायिक कृषिमा रमाउँदै बुद्धसागर मेहता
barnanmedia.com · Wed Nov 04 23:38:53 UTC 2026

इनरुवा नगरपालिका–८ का बुद्धसागर मेहताको परिचय हो– सफल अनि व्यावसायिक किसान । उहाँ विगत ३० वर्षदेखि कृषिमा संलग्न हुनुहुन्छ । पुख्र्यौली रूपमा सामान्य खेतीपाती गर्दै आउनुभएका उहाँले आधुनिक तथा व्यावसायिक तरिकाले कृषि गर्न थालेको करिब तीन दशक भयो ।
उहाँले आफ्नै तीन बिघा र १० बिघा जग्गा भाडामा लिएर तरकारी तथा खाद्यान्नको खेती गर्दै आउनुभएको छ । उहाँको खेतमा टमाटर, बोडी, काउली, बन्दाकोबी, लौका, सागलगायत विभिन्न मौसमी तरकारीका साथै धान, मकै र गहुँ उत्पादन हुँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)