मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

nepalviews.com · Thu Nov 05 00:29:37 UTC 2026

रसुवा । रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालनमा रमाइरहेका छन् । आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन्, गोसाईंकुण्ड गाउँपालिका–६ नागुङका ३४ वर्षीय पासाङ शेर्पा ।

तीन वर्ष मलेसियामा बिताउनुभएका पासाङले विदेशमा सोचेजस्तो आम्दानी गर्न नसकेपछि जन्मभूमि फर्केर पुर्ख्यौली पेसालाई व्यावसायिक बनाउने निर्णय गरे । हजुरबुबा र बुबाको पालादेखि हुँदै आएको चौँरीपालनलाई निरन्तरता दिने सोचसहित उनले परिवारको भागमा परेका १० वटा चौँरीबाट व्यवसाय सुरु गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)