विदेशबाट फर्किएर आफ्नै गाउँको चौँरीगोठमा भविष्य खोज्दै पासाङ
gorkhapatraonline.com · Thu Nov 05 00:36:41 UTC 2026

रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालनमा रमाइरहेका छन । आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, गोसाइँकुण्ड गाउँपालिका–६ नागुङका ३४ वर्षीय पासाङ शेर्पा ।
तीन वर्ष मलेसियामा बिताउनुभएका पासाङले विदेशमा सोचेजस्तो आम्दानी गर्न नसकेपछि जन्मभूमि फर्केर पुर्ख्यौली पेसालाई व्यावसायिक बनाउने निर्णय गर्नुभयो । हजुरबुबा र बुबाको पालादेखि हुँदै आएको चौँरीपालनलाई निरन्तरता दिने सोचसहित उहाँले परिवारको भागमा परेका १० वटा चौँरीबाट व्यवसाय सुरु गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)