मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दुवै सदनमा डेमोक्रेटिकको बहुमत

gorkhapatraonline.com · Thu Nov 05 00:40:33 UTC 2026

काठमाडौँ, कात्तिक १९ गते । अमेरिकाको मध्यावधि निर्वाचनमा प्रमुख विपक्षी डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीले दुवै सदनमा बहुमत गुमाएको छ । यस परिणामसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालका लागि रिपब्लिकन पार्टीको एकल वर्चस्व अन्त्य भएको अमेरिकी निजी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । अमेरिकामा मङ्गलबार मध्यावधि निर्वाचन भएको हो ।

निर्वाचनको यो परिणामले राष्ट्रपति ट्रम्पले बाँकी दुई वर्षको कार्यकाल डेमोक्रेटिक पार्टीसँग मिलेर काम गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । चरम महँगीले जीवनयापनको बढ्दो लागत, भन्सार शुल्क र इरानसँगको युद्धप्रति मतदाताको असन्तुष्टि निर्वाचन परिणाममा प्रतिविम्बित भएको छ । ८० वर्षीय राष्ट्रपति ट्रम्पले निर्वाचन परिणाम स्वीकार गर्ने बताउँदै डेमोक्रेटहरूले राम्रो चुनावी अभियान सञ्चालन गरेको प्रशंसा गर्नुभएको छ तर उहाँले रिपब्लिकनहरूको हारलाई आफ्नो व्यक्तिगत पराजय मान्न अस्वीकार गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)