मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनी र जनकपुर तथा काठमाण्डु र विराटनगर भिड्दै, हेड टु हेडमा कुन टोली बलियो ?

ratopati.com · Thu Nov 05 00:51:43 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल बेलुका ५ बजे सुरु हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)