मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अपिहिमाल पर्यटन उत्सव जारी : १० हजार पर्यटक भित्र्याउने लक्ष्य

annapurnapost.com · Thu Nov 05 01:02:14 UTC 2026

दार्चुला : अपिहिमाल गाउँपालिकाको आयोजनामा पर्यटन उत्सव सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मंगलबार दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित अपिहिमाल आधार शिविरमा आयोजित पर्यटन उत्सव–२०८३ को उद्घाटन गरे।

अपिहिमाल क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित मंगलबारदेखि तीनदिने पर्यटन उत्सव सुरु भएको हो। उद्घाटन समारोहमा मुख्यमन्त्री भट्टसँगै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावल र प्रदेश सभामुख भीमबहादुर भण्डारी हेलिकप्टरमार्फत अपिहिमाल पुगे।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)