एनपीएलमा आज : पहिलो खेलमा लुम्बिनी र जनकपुर भेट, बेलुका काठमाडौँ र विराटनगर भिड्ने
himalpress.com · Thu Nov 05 01:05:01 UTC 2026
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
अपराजित लुम्बिनी लायन्सले तीन खेलमा दुई जित निकालेको छ भने एक खेलमा अंक बाँडेको छ । पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी चौथो जितको खोजीमा छ । उता जनकपुरले चार खेल खेलिसक्दा दुई हार र दुई जित निकाल्दै चार अंक जोडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)