विदेशको श्रमबाट गाउँमै सामूहिक खेती
gorkhapatraonline.com · Thu Nov 05 01:14:55 UTC 2026

अर्घाखाँची, कात्तिक १९ गते । वैदेशिक रोजगारीबाट फर्किएका युवाले बाँझो पाखोबारीमा सामूहिक खेती सुरु गरेका छन् । सन्धिखर्क नगरपालिका–८ किमडाँडाका नौ जना मिलेर १४ रोपनी जग्गामा अकबरे खुर्सानी र बेसार खेती गरिरहेका छन् । सामूहिक खेतीमा आबद्ध नौ जनामध्ये सात जना वैदेशिक रोजगारीबाट फर्किएका हुन् ।
आठ महिनाअघि प्रतिरोपनी वार्षिक दुई हजार रुपियाँ भाडामा जग्गा लिएर उनीहरूले सात रोपनीमा अकबरे खुर्सानी र सात रोपनीमा बेसार लगाएका हुन् । समूहका सदस्य कृष्णप्रसाद पराजुलीले पहिलो चरणमा लगाइएको खुर्सानी उत्पादन हुन थालेको बताउनुभयो । पहिलो वर्षमै करिब एक लाख रुपियाँको खुर्सानी बिक्री गरिसकेको पराजुलीले जानाकारी दिनुभयो । अहिले सन्धिखर्क र चुत्राबेँसी बजारमा रातो खुर्सानी प्रतिकिलो १८० र हरियो खुर्सानी १३० रुपियाँमा बिक्री भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)