मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नियमित भएन कार्गोरेल

gorkhapatraonline.com · Thu Nov 05 01:19:02 UTC 2026

विराटनगर, कात्तिक १९ गते । सुनसरी–मोरङ औद्योगिक कोरिडोरसम्म भारतबाट सञ्चालन हुने कार्गोरेल नियमित हुन सकेको छैन । उद्योगी–व्यवसायीले यसलाई नियमित बनाउन र ‘नेपाल कस्टम यार्ड’ (एनसिवाई) मा ‘हेन्डलिङ्क तथा डिटेक्सन’ शुल्क भारतीय कस्टम यार्ड जोगबनीभन्दा कम राख्न माग गर्दै आएका छन् तर गत साउन ४ गतेयता चार वटा कन्टेर बल्क कार्गो आएपछि रोकिएको छ । कन्टेनर कार्गोबाहेक ‘बल्क’ कार्गो, ‘लुज’ कार्गोसमेत लिएर आउने स्थिति सिर्जना नभएको उद्योगीहरूको गुनासो छ ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार यसमा बहुपक्षीय हित सम्बोधन नहुँदासम्म एनसिवाईसम्मको कार्गोरेल सञ्चालन अलमलमा नै पर्ने देखिन्छ । अध्यक्ष राठीका अनुसार पहिलो कुरा रेलको ‘सेड्युल’ हो । भारतीय कन्टेनर निगम लिमिटेड (कोनकर) ले एनसीवाईका लागि सेड्युल दिन नमानेको आरोप उद्योगीको छ । अध्यक्ष राठीका अनुसार रेलको र्‍ याकमा ९० डब्बा पुगेपछि मात्रै जाने भनेर कोनकरले भन्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)