मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटन प्रवर्धनमा सहकार्य बढाइने

gorkhapatraonline.com · Thu Nov 05 01:21:32 UTC 2026

काठमाडौँ, कात्तिक १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन प्रवर्धन, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटक आगमन वृद्धि तथा पर्यटन क्षेत्रमा लगानीका सम्भावना बढाउन विभिन्न मुलुकका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्नुभएको छ ।

बेलायतको लन्डनमा मङ्गलबारदेखि सुरु भएको विश्व पर्यटन बजार (वल्र्ड ट्राभल मार्केट–डब्ल्युटिएम) २०२६ मा सहभागी हुन त्यहाँ पुग्नुभएका मन्त्री पौडेलले भारतका संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शेखावत, संयुक्त अरब इमिरेट्स (युएई) का अर्थ तथा पर्यटनमन्त्री अब्दुल्लाह बिन तुक अल मारी, श्रीलङ्काका सहायक पर्यटनमन्त्री प्रा. रुवन रणतुङ्गे तथा भारतको राज्य सभा सदस्य, प्रख्यात लेखिका एवं समाजसेवी सुधा मूर्तिसँग विशेष भेटघाट तथा अन्तव्रिर्mया गर्नुभएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)