मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभामुख चयनको विवादले वाग्मती सरकारमा सकस, एक मन्त्री अझै जिम्मेवारीविहीन

baahrakhari.com · Thu Nov 05 01:23:21 UTC 2026

हेटौँडा । वाग्मती प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि सत्ता साझेदार दलहरूबीच शक्ति बाँडफाँटको विवाद सुल्झिन सकेको छैन । यसको प्रत्यक्ष असर मन्त्रिपरिषद् विस्तारदेखि प्रदेशसभाको नेतृत्व चयनसम्म देखिएको छ । प्रदेशसभामा सभामुख पद रिक्त रहँदा नेकपा (एमाले)का एक मन्त्रीले अझै विभागीय जिम्मेवारी पाउन सकेका छैनन् ।

मुख्यमन्त्री किरण थापामगर नेतृत्वको प्रदेश सरकारमा एमालेका ज्ञानबहादुर तामाङ बिनाविभागीय मन्त्रीका रूपमा रहेका छन् । सरकार गठनका क्रममा भएको राजनीतिक सहमतिअनुसार सभामुखसहित दुई मन्त्रालय पाउने भनिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेबीच ठोस सहमति जुट्न नसक्दा सत्ता साझेदारी पेचिलो बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)